Breaking News.... EverestOnlineKhabar
June 26, 2026

यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टद्वारा जिल्लाका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार र सम्मान

Loading

नुवाकोट । नुवाकोटको समाजिक संस्था यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले यसपटक पनि जिल्लाबाट एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यालय तथा बिद्यार्थीहरुलाई सम्मान गरेको छ ।

नेपाली कांग्रेस नेता अर्जुनरनरसिंह केसी, जगदिश्वरनरसिंह केसी र चिकित्सक केदारनरसिंह केसीले आफना आमाबुवाको सम्झनामा २०६५ सालमा स्थापना गरेको ट्रष्टले प्रत्येक बर्ष (पुरानो एसएलसी र हालको एसइइ) परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यालय तथा बिद्यार्थीलाई सम्मान गर्दै आएको छ ।

एसएलसी एसइइमा रुपान्तरण भएपछि २०७१ सालबाट रोकिएको सम्मान तथा पुरस्कार बितरणको कार्यक्रम २०७५ सालबाट पुनः सुरु गरिएको हो । एसएलसी एसईईमा रुपान्तरण भएपछि कुन बिद्यार्थीले बढी अंक ल्यायो भन्ने छुट्याउन गाहे भएकाले बिचमा बिद्यार्थीहरुलाई सम्मान गर्न नसकिएको महासचिव जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । ट्रष्टले जिल्ला शिक्षा कार्यालयबाट बिद्यार्थीहरुको प्राप्ताङ्ककको विवरण मगाएपछि पुनः सम्मान र पुरस्कार बितरण कार्यक्रम सुरु गरिएको केसीले बताउनुभयो ।

ट्रष्टले शनिवारका दिन नुवाकोटको बिदुरमा बिशेष कार्यक्रम आयोजना गरी  ८७ वर्षिय बलराम नेपालीको प्रमुख आतिथ्यतामा २०७१ सालदेखि २०७३ सालसम्म उत्कृष्ट अंक ल्याएका बिद्यालय र बिद्यार्थीहरुलाई सम्मान गरेको हो । हरेक बर्षका उत्कृष्ट एक जना छात्र र एक छात्रालाई ट्रष्टका प्रमुख संरक्षक एंव कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले सम्मान र पुरस्कार बितरण गर्नुभयो ।

पुरस्कार र सम्मान पाउनेमा २०७१ सालबाट ऐसेलुभूमे मावि काहुलेका निराजन भट्ट र जनज्ञान निकेतन मावि थानापतीकी छात्रा मनिषा भट्ट, २०७२ मा उत्कृष्ट हुने चण्डेश्वर मावि तुप्चेका निकेश नेपाल र कालिका मावि कविलासका सुमन खनाल तथा भवानी मावि रानीपौवाकी छात्रा शर्मिला लामा रहेका छन । यस्तै, २०७३ सालमा शक्ति मावि दाङमैका राजन पाण्डे र ज्ञानज्योती मावि फिकुरीकी अस्मिता ओझा तथा पृथ्वी मावि बिदुरकी योजना सापकोटालाई सम्मान तथा पुरस्कार बितरण गरिएको छ । पुरस्कृत ११ जना विद्यार्थीलाई दिइएको पुरस्कारको राशी जनही दश हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

यस्तै, संसारको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी जिल्लाको पहिचान कायम गरेकोमा युवा आरोही विवेक पाण्डेलाई पनि कार्यक्रममा सम्मान गरियो । आरोही विवेकलाई नगद १५ हजार पुरस्कार प्रदान गरियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले सम्मानित र पुरस्कृत बिद्यार्थीहरुलाई उज्वल भविश्यको शुभकामना दिनुभयो । भविश्यमा आ–आफनो क्षेत्रमा सफल व्यक्तिका रुपमा देख्न पाइयोस भन्दै उहाँले आफनो जिल्लाको मात्र नभइ मुलुुककै बागडोर सम्हाल्ने मनोबलकासाथ अघि बढन हौसला पनि दिनुभयो ।

नेता केसीले गुणस्तरीय शिक्षाका लागि व्यवस्थापन महत्वपूर्ण रहेको भन्दै नीजि क्षेत्र र सामुदायिक एवम सार्वजनिक क्षेत्रलाई पनि प्रोत्साहनकासाथ अघि लैजान सरकारलाई सुझाव दिनुभयो ।

कार्यक्रममा ट्रष्टका महासचिव एवम कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले आगामी दिनमा पनि ट्रष्टले समाजिक एवम शैक्षिक क्षेत्रको विकासमा टेवा पुर्याउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ की प्रमुख अनुराधा कोइराला उहाँको स्वास्थ्य अवस्था राम्रो नभएकाले उपस्थित हुन सक्नु भएन ।समारोहमा अर्थबिद् डा.नारायणनरसिंह खत्रि, पूर्व सांसद गणेश पण्डित लगायत उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed