![]()
एजेन्सी। पूर्व वल्र्ड नम्बर वान नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसमा संघर्षपूर्ण जित निकाल्दा क्यारोलिन वाज्नेस्कीले समेत महिला एकल तर्फ प्रिक्वाटरफाइनलमा स्थान बनाएकी छन् ।
पुरुष एकल तर्फको खेलमा स्पेनका रोबर्टो बाटिष्टालाई ३–१ को सेटमा पराजित गर्दै सर्वियन जोकोभिचले अन्तिम १६ मा स्थान बनाएका हुन् । २० औं वरियाताका जोकोभिचलाई जित निकाल्न ३ घण्टा ४८ मिनेट संघर्ष गर्न परेको थियो ।
अन्य खेलमा विजयी हुँदै जर्मनी अलेक्जेण्डर भेरभेभ, स्पेनी फर्नाण्डो भरडेस्को, अष्ट्रियाका डोमिनिक थीम, जापानका केई निशिकोरी र इटलीका माक्रो सेच्चिनातोले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।
दोस्रो वरियाताकी वाज्नेस्कीले फ्रान्सकी पौलिने परमेन्टरलाई ६–० र ६–३ को सोझो सेटमा पराजित गरिन् । अन्य खेलमा विजयी हुँदै अमेरिकन मेडिसन केइज, रुसकी डारिया कासाट्किना, रोमानियाकी मिहेला बुजानेशु, चेकरिपब्लिककी बार्बोरा स्ट्रिकोभाले पनि प्रिक्वाटरफाइनलमा स्थान बनाएका छन् ।


