Breaking News.... EverestOnlineKhabar
October 4, 2026

उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउन रुसको आग्रह

Loading

एजेन्सी,जेठ ।
उत्तर कोरिया भ्रमणमा रहेका रुसका विदेश मन्त्री सेर्गी लभ्रोभले बिहिबार नेता किम जोङसँग भेट गरेका छन् । ट्रम्प–किम सम्मेलन पूर्व उत्तर कोरियामझ आफ्नो प्रभाव जारी राख्ने प्रयासमा मस्कोले भ्रमणको आयोजना गरेको जनाइएको छ । किमसँगको भेटवार्तापछि सेर्गीले संचारकर्मीहरुसंग उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् । हाल जारी सबै प्रतिबन्ध हटाएपछि मात्र कोरियाली प्रायद्विपमा निशस्त्रीकरण सम्भव रहेको भन्दै उनले यस्तो बायन दिएका हुन् ।
तर अमेरिकाले भने यसअघि नै उत्तर कोरियाको निशस्त्रीकरणपछि नै प्रतिबन्ध हटाउने वा जारी राखिने भन्ने निर्धारित गर्ने बताएको थियो । त्यसकारण उनको सो बयानप्रति ह्वाइटहाउसले निराशाजनक प्रतिक्रिया दिन सक्ने बताइएको छ । किनकी अहिले पनि अमेरिकाले उत्तर कोरियालाई पूर्ण रुपमा हतियार कार्यक्रम बन्द गराउन सहमतिमा ल्याउन खोजिरहेको छ र यसअघि नै उत्तर कोरियामाथि ‘अधिकतम दबाब’ को नीति जारी राखिरहने स्पष्ट पारेको थियो ।
त्यसैगरी सेर्गीले दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्ध सुधारले रुस धेरै खुसी भएको पनि बताएका हुन् । रुस र उत्तर कोरियाबीच समान धारणा भएकाले आफूहरुले उत्तर कोरियालाई सधैँ समर्थन गरिरहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed