Breaking News.... EverestOnlineKhabar
October 2, 2026

स्पेनको सरकार संकटमाःप्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading

एजेन्सी,जेठ ।
स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ । अविश्वासको प्रस्तावमा आजै मतदान हुने जनाइएको छ ।
प्रस्तावको पक्षमा बहुमतको लागि १७६ भोट चाहिन्छ । रखायसँग पिपुल्स पार्टीसँगै थियोदादानोस र क्षेत्रीय पार्टीहरुको समर्थन छ । यी सबैको भोट जोड्दा १६९ मात्र पुग्ने बताइएको छ ।
त्यसैले विपक्षी सोशलिस्ट पार्टीका नेता सान्चेजले राजीनामा दिन प्रधानमन्त्री रखायलाई आग्रह गरेका छन् । तर पिपुल्स पार्टीका महासचिव सोशलिस्ट पार्टीका महासचिव मारिया डोलोरसले भने प्रधानमन्त्री रखायले राजीनामा नदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed