Breaking News.... EverestOnlineKhabar
October 4, 2026

पहिरोका कारण कर्णाली राजमार्गमा भासियो,तत्काल गाडी चलाउन सकिने सम्भावना न्यून

Loading

कालिकोट,जेठ ।
कर्णाली राजमार्गमा पहिरोका कारण सडक नै भासिएको छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको शुभ गाउँपालिका १ मा रहेको गगने खोला नजिकै पहिरो खसेको प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिएका छन् । उनका अनुसार पहिरोका कारण १५–२० मिटर सडक भासिएको छ ।
सडक माथिबाट ठूला–ठूला ढुंगा खसेका छन् । ढुंगालाई डोजरले पनि हटाउन नसकेपछि विस्फोट नै गराउनु पर्ने भएको प्रहरी निरिक्षक चौलागाईले बताए । यो ढुंगा हटाउन समय लाग्ने र सडक पनि भासिएकाले तत्काल यो सडकखण्डमा गाडी चल्ने सम्भावना नरहेको प्रहरी निरीक्षक चौलागाईंको भनाई छ । यो सडकखण्डमा वैकल्पिक ट्रयाक खोल्न पनि नसकिने हुँदा यात्रु समस्यामा परेका छन् ।
पहिरो गएको ठाउँ कालिकोटको सदरमुकाम मान्मादेखि १४ किलोमिटरको दूरीमा पर्दछ । जुम्ला, मुगु, कालिकोटलगायत जिल्ला जोड्ने मुख्य सडकखण्डमा ठूलो पहिरो खस्दा बाटो खुलाउनै समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed