![]()
विराटनगर,जेठ ।
प्रदेश न १ नेकपाका सांसद लिलाबल्लभ अधिकारीसँग स्पष्टिकरण सोधिने भएको छ । अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।३८ क्वीन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा अभियुक्तको पक्षमा बहस गरेको भन्दै उनीसँग स्पष्टिकरण लिन लागिएको स्रोतले जनाएको छ ।
सांसदहरु कुलप्रसाद साम्बा, लक्ष्मण तिवारीलगायतले पदीय मर्यादा र आचरण विपरित सांसद अधिकारीले अभियुक्तको पक्षमा बहस गरेको भन्दै स्पष्ट गर्नुपर्ने माग गरेका थिए । उनीहरुको मागमा सबै सांसदहरुले ताली बजाएर समर्थन गरेपछि बैठकले अधिकारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
नेकपाको बिहीबार बसेको १ नंं. प्रदेश संसदीय दलको पहिलो बैठकले अधिकारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तत्कालिन एमालेबाट मोरङ क्षेत्र न २ (ख) बाट निवाचित सांसद अधिकारीले पदीय मर्यादा र आचारणको उल्लंघन गर्दै सुन तस्करीमा प्रत्यक्ष जोडिएका प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बचाउ बहस गरेपछि विवाद बढेको थियो ।


