![]()
काठमाडौ,जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असारको पहिलो साता चीन भ्रमणमा जाने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले असार ५ देखि १० गतेसम्म चीनको भ्रमण गर्ने तय भइसकेको परराष्ट्र स्रोतको दावी छ । मिति तय भए पनि परराष्ट्र मन्त्रालयले अौपचारिक रुपमा सार्वजनिक भने गरिसकेको छैन।
प्रधानमन्त्री ओलीले चीनमा रहँदा बेइजिङ, सिचुवान र तिब्बतको भ्रमण गर्नेछन्। भारत भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे तयारी सुरु भएको थियो। तर, बीचमा बजेट सार्वजनिक गर्नुपर्ने भएकाले भ्रमणलाई असार पहिलो साता पुर्याइएको सरकारी अधिकारीहरुको दावी छ ।
ओलीको चीन भ्रमणको विषयमा तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ओलीको भारत भ्रमण लगत्तै चीन भ्रमणमा गएका थिए।
यस्तै, प्रधानमन्त्रीको चीन भ्रमणकै तयारीका लागि चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल जेठको दोस्रो साता नेपाल आएका थिए।


