Breaking News.... EverestOnlineKhabar
September 3, 2026

श्रीलङ्कामा वर्षाका कारण २३ को मृत्यु, ७५ हजार बिस्थापित

Loading

बीबीसी । श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्यु हुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ। वर्षाबाट ७५ हजार व्यक्तिलाई शरणार्थी शिविरसम्म पुर्‍याइएको जनाइएको छ। आइतबार मात्र परेको चट्याङमा परी पाँच जनाको मृत्यु भएको थियो।

त्यसैगरी भारी वर्षाको कारण परेको डुबानमा २३ जनाको मृत्यु भएको डिएमसीमा प्रवक्ता प्रदिप कोदिपिलीले बताएका छन्। अझै पनि भारी वर्षाको क्रम जारी नै रहने अनुमान गरिएको छ। वर्षाले अति नै प्रभावित पारेको इलाकाबाट अझै पनि सुरक्षित इलाकामा लैजाने क्रम जारी रहेको बताइएको छ।

वर्षा प्रभावित इलाकामा उद्धारकार्यको लागि हजारौँको संख्यामा श्रीलङ्काली सेना र प्रहरी तैनाथ गरिएको छ। यस प्रकोपबाट ४ हजार भन्दा बढी घर आंशिक वा पूरै रुपमा क्षतिग्रस्त भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.