![]()
धनगढी । कैलालीको धनगढीमा दिन दाहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। धनगढीमा रहेको ग्लोवाल आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेका दुवै जनालाई प्रहरीले अत्तरीयावाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याई अनुसन्धान भईरहेको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।
लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको पुरानो भन्सा रोड सब्जीमण्डीमा आईएमईका कर्मचारी कार्कीमाथि गोली प्रहार गरी सिदार्थ बैंकबाट झिकेको ९ लाख रुपैया लुटेर भागेका थिए।
घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ। घाईतेको छातीमा दुई वटा र पाखुरामा एउटा गोली लागेको छ ।


