![]()
एजेन्सी ।नेपाल सरकारले गएको एक वर्षमा ७६ पटक प्रयोगकर्ताहरुको विवरण उपलब्ध गराउन भन्दै फेसबुकसँग आग्रह गरेको छ। ७६ पटक फेसबुकलाई पत्राचार गरी १ सय १० वटा फेसबुक एकाउन्ट सम्बन्धि विवरण माग गरेको हो।
फेसबुकले नेपाल सरकारको आग्रहलाई सरदरमा आधासमेत स्वीकार नगर्ने गरेको तथ्यांकले देखाएको छ। फेसबुकले सार्वजनिक गरेको फेसबुक ट्रान्सपरेन्सी रिपोर्टमा सन् २०१७ मा नेपालले ११० वटा फेसबुक एकाउन्ट सम्बन्धी जानकारी माग गरेको उल्लेख छ। जसमध्ये फेसबुककै तथ्यांकले करिब ४४ प्रतिशतको हाराहारीमा डाटाहरु नेपाल सरकारलाई दिइएको उल्लेख छ।
फेसबुककै तथ्यांकले उसले शक्ति राष्ट्रहरुलाई प्रयोगकर्ताहरुको विवरण धेरै उपलब्ध गराउने गरेको र साना राष्ट्रलाई कानुनी प्रयोजनका लागि आवश्यक डाटा समेत उपलब्ध नगराउने गरेको देखाएको छ।
नेपाल सरकारले सन् २०१७ को जुलाई देखि डिसेम्बरसम्म ४३ पटक कानुनी प्रक्रिया र ४ पटक आकस्मिक रुपमा गरी ४७ पटक पत्राचार गरेर ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको थियो। जसमध्ये फेसबुकले त्यस्ता आग्रह मध्ये ३८ प्रतिशतबाट मात्र डाटा उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।


