Breaking News.... EverestOnlineKhabar
June 29, 2026

रक्तदान कार्यक्रममा छोरा प्रकाशलाई सम्झेर प्रचण्ड, सीता र बीना भाव विह्वल

Loading

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल दिवंगत छोरा प्रकाशलाई सम्झेर भाव विह्वल भएका छन । सगरमाथा आरोहण संघले शनिबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा अध्यक्ष दाहालसहित, उनकी पत्नी सीता र बुहारी बिना मगर पनि प्रकाशको सम्झनामा भाव विह्ल भएका हुन ।

दिवंगत सगरमाथा आरोहीहरूको स्मृतिमा कार्यक्रम आयोजना गरिएको थियो । गत मंसिरमा निधन भएका प्रचण्डका छोरा प्रकाश दाहालले पनि सगरमाथाको सफल आरोहण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विश्वको सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको धारणा राखे । उनले सगरमाथाले विश्वकै जनतालाई एकतावद्ध बनाउने काम गरेको पनि स्पष्ट पारे । सगरमाथा आरोहीहरूले समाजसेवा र मानव सेवाको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन अझै महत्वपूर्ण योगदान दिने उनको बिश्वास थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.