Breaking News.... EverestOnlineKhabar
July 8, 2026

कर्णाली प्रिमिएर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मीलाई, फाइनलमा रूपन्देही एघार ३७ रनले पराजित

Loading

सुर्खेत । कर्णाली प्रिमिएर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ। सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगितामा रुपन्देही–११लाई ३७ रनले पछि पार्दै आर्मीले उपाधि जितेको हो ।

बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको प्रतियोगितामा विजेता आर्मी क्लवले नगद तिन लाख सहित ट्रफी आफ्नो पोल्टामा पार्यो ।

प्रदेशको अहिले सम्मकै ठुलो धनराशी भएको प्रतियोगितामा टस जितेर व्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनाएको थियो ।

एक सय ३३ रनको लक्ष्य पछ्याउँदै व्याटिङ गरेको रुपन्देहीले १७.५ ओभरमा अलआउट भएर ९५ रन मात्र बनाउन सफल भयो।
खेलको म्यान अफ दि म्याच आर्मीका विक्रम शोव घोषित भए भने, म्यान अफ दि सिरिज भएका रुपन्देहीका अलराउण्डर सन्दिप सुनारले नगद २५ हजार सहित ट्रफी हात पारे।

उत्कृष्ट ब्याट्सम्यान आर्मीका सागर पुनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे भने उत्कृष्ठ बलर बनेका रुपन्देहीका कृष्ण कार्कीले पनि नगद दश हजार सहित ट्रफी प्राप्त गरे। प्रतियोगिता जेठ ३ गते देखि सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.