Breaking News.... EverestOnlineKhabar
October 3, 2026

आफ्ना नेता र ट्रम्पबीचको भेटका लागि ‘युक्रेनद्वारा भुक्तानी’

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपति र राष्ट्रपति ट्रम्पबीचको भेटघाट मिलाउन गोप्य रुपमा चार लाख डलर लिएको पत्ता लागेको छ । गएको जुनमा ह्वाइट हाउसमा भएको उक्त भेटवार्ता मिलाउने काममा संलग्न किएभस्थित निकटस्थहरूले यस्तो खुलासा गरेका हुन्।

युक्रेनी नेता पेट्रो पोरोसेन्कोको मध्यस्तकर्ताहरूको भूमिका खेलेका व्यक्तिहरूले उक्त रकमको व्यवस्थापन गरेका थिए। तर अमेरिकी कानूनले आवश्यक ठानेको युक्रेनी सरकारको प्रतिनिधिको भूमिकामा त्यस्तो गतिविधि हुँदा कोहेन थिएनन्।

कोहेनले आफूमाथिका आरोप अस्वीकार गरेका छन्। राष्ट्रपति पेरोसेन्कोको कार्यालयले त्यो आरोपलाई “सफा झूठ” भन्दै दुई देशबीचको सम्बन्ध विगार्ने उद्देश्य अन्तर्गत उक्त आरोप लगाइएको जनाएको छ।

राष्ट्रपति ट्रम्प र पोरोसेन्कोबीच ह्वाइट हाउसमा जुनमा भेटवार्ता भएको थियो। युक्रेनी राष्ट्रपति घर फर्किए लगत्तै उनको देशको भ्रष्ट्राचार विरोधी निकायले ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्ट विरूद्धको अनुसन्धान बन्द गरेको थियो।

पोरोसेन्को प्रशासनका एक उच्च गुप्तचर अधिकारीले ह्वाइट हाउस भ्रमण अघि भएका गतिविधिबारे जानकारी दिएका हुन्।  उनले कोहेनलाई पनि समावेश गरिएको उल्लेख गर्दै युक्रेनका दर्तावाल वकालतकर्ता र वासिङटनस्थित दूतावासले पोरोसेन्को र ट्रम्पबीच एउटा संक्षिप्त तस्वीर खिचाउने खालको मात्र नभई त्यो भन्दा बढी देखिने खालको भेटवार्ता सुनिश्चित गर्न खोजेको जानकारी दिए। उनका अनुसार पोरोसेन्को वार्ता भनेर व्याख्या गर्न मिल्ने किसिमको भेट चाहान्थे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed