![]()
एजेन्सी । नेपालले आफ्नो पहिलो एक दिवसीय क्रिकेट आउँदो अगस्टमा खेल्ने भएको छ । नेपालले आउँदो अगस्ट १ र ३ मा नेदरल्याण्डससँग एक दिवसीय क्रिकेट खेल्ने भएको हो ।
साउन १६ र १८ मा हुने खेलको स्थान भने तय भएको छैन । नेपालले एक दिवसीय मान्यता पाएपछि आउँदो साउनमा पहिलो पटक एक दिवसीय खेल खेल्न लागेको हो ।
दुई देशबिच पछिल्लो पटक गएको मार्चमा जिम्बाबेमा विश्वकप छनौट अन्तर्गतको खेलमा आमनेसामने भएका थिए । नेदरल्याण्डसले त्यो खेलमा ४५ रनले हराएको थियो । नेपालले पपुवान्युगिनीलाई हराएर एक दिवसीय मान्यता पाएको हो ।


