![]()
बीबीसी । युक्रेनका ३५ वटा फुटबल क्लबमाथि खेल मिलेमतो गरेको आरोप लागेको छ । देशको शीर्ष लिगमा खेल्ने पाँचसहित ३५ क्लबले खेलमिलेमतो गरेको अरोप लागेको हो । शीर्ष लिग च्याम्पियन शाख्तर डोनेट्स्क र १५ पटकको लिग विजेता डाइनामो किएभमाथि भने आरोप लागेको छैन । यी दुवै क्लबको नाम आरोपित क्लबको सूचीमा छैन ।
खेल मिलेमतोमा आपराधिक समूहको संलग्नता रहेको बताइएको छ । युक्रेनको राजधानी किएभमा आउँदो शनिबार च्याम्पियन्स लिग फुटबलको फाइनल खेल हुँदैछ ।
उपाधिका लागि रियल मड्रिड र लिभरपुलबिच प्रतिस्पर्धा हुनेछ । जुनमा सुरु हुने विश्वकप फुटबल छिमेकी देश रुसमा हुँदैछ । तर, युक्रेन भने विश्वकपका लागि छनौट हुन सकेन ।
खेल मिलेमतोका लागि पाँच आपराधिक समूहका ३०० भन्दा बढी व्यक्ति संलग्न रहेको सरकारी अधिकारीले बताएका छन् । खेल मिलेमतोका कम्तिमा ५७ घटना भएको बताइएको छ ।


