![]()
काठमाडौं । नेपालका केही राजनीतिक दल र नेताहरुले बिराटनगरस्थित भारतीय फिल्ड अफिस हटाउन लगातार आवाज उठाएपछि अन्ततः भारत आफनो कार्यालय बन्द गर्न सहमत भएको छ ।
२०६५ सालमा कोसी नदीमा आएको बाढीलगत्तै विराटनगरमा स्थापना भएको भारतीय दूतावासको फिल्ड अफिस ‘नेपालमा भारतीय हस्तक्षेप बढेको प्रमाण’ बनेर बारम्बार विवादमा आएको थियो।
६ वर्षअघि नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री रहेका बेला परराष्ट्रले फिल्ड अफिस हटाउन भारतीय दूतावासलाई पत्राचार गरेको थियो तर भारतीय पक्षले मन्त्रालयको निर्देशन लत्याउँदै हालसम्म अफिस हटाएको थिएन।
नेपाल कम्युनिष्ट पार्टीको जेठ ५ मा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको हो ।


