Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

पोखरा,जेठ ।
प्रदेश ४ सरकारले आर्थिक वर्ष २०७५–०७६ को बजेटको तयारी थालेको छ । सरकारले बजेट ल्याउन प्री–बजेट छलफल तथा सिलिङ पठाउने तयारी थालेको हो । प्रदेश सरकारले २० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ । समयमै बजेट ल्याउनु पर्ने भएपछि छलफलका लागि मन्त्रिपरिषदले जेठ १६ गतेबाट दोस्रो अधिवेशन बोलाउन प्रदेश सरकारलाई सिफारिस गरेको छ ।
सशर्त र विशेष अनुदान आएपछि बजेटको आकार बढ्ने गरी हालका लागि २० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी सरकारले गरेको हो । सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले भनेः‘केन्द्रबाट सशर्त र विशेष अनुदान आएपछि भने बजेटको आकार बढेर जान्छ ।’
वित्तीय समानीकरण अनुदान र समपूरक अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेटको सिलिङ तयार पार्न लागिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।बजेटको सिलिङ तयार पारी स्रोतको बाँडफाँड गर्ने काम गरिएको प्रवक्ता मन्त्री रामशरण बस्नेतले बताए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तह र प्रदेशको संरचना विस्तारमा जोड दिने भएको छ । सरकारले आर्थिक वर्ष २०७५–०७६को बजेट तथा राजश्व नीतिसम्बन्धमा आयोजित छलफलमा सहसचिव हरिप्रसाद बस्यालले प्रदेश र स्थानीय तहलाई ४० प्रतिशत बजेट विनियोजन गरिने बताए । स्थानीय तहको जनसंख्या, गरिबी, क्षेत्रफल र राजश्वलाई आधार मानेर बजेट विनियोजन गर्न लागिएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.