Breaking News.... EverestOnlineKhabar
June 28, 2026

युरोपा लिगको उपाधि एथ्लेटिको मड्रिडलाई….

Loading

एजेन्सी,जेठ ।
एथ्लेटिको मड्रिडले युरोपा लिगको उपाधि जितेको छ । फाइनल खेलमा मार्सेललाई ३–० ले हराउँदै एथलेटिकोले उपाधि जितेको हो । एथलेटिकोलाई उपाधि दिलाउने क्रममा एन्टोनी ग्रिजमनले दुई गोल गरे । अर्को एक गोल कप्तान गावीले गरे ।
खेलको २१ औं मिनेटमा गावीको पासमा ग्रिजमनले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा उनले दोस्रो गोल गरे । उनी म्यान अफ दि म्याच भए । अर्को एक गोल ८९ औं मिनेटमा गावीले थपेका थिए ।
एथलेटिको युरोपा लिगमा च्याम्पियन बनेको यो तेस्रोपटक हो । उसले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि उचालेको थियो । सेभिल्लाले पनि तीन पटक युरोपा लिगको उपाधि जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.