Breaking News.... EverestOnlineKhabar
June 28, 2026

मदन–आश्रित स्मृति दिवशःकांग्रेसका प्रवक्ताको प्रश्नः‘रेशमी पर्दा पछाडि लुकेका तथ्यलाई सार्वजनिक नगर्ने ?’

Loading

काठमाडौ,जेठ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेका छन् । एमालेकै सरकार रहेका बेला स्वर्गीय भण्डारीकै धर्मपत्नी तथा राष्ट्रपति विद्यादेवी भण्डारीले मदनको निधनबारे सत्यतथ्य बाहिर नआउनु दुखद भएको बताएको प्रसंग उल्लेख गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निधनबारे सत्यतथ्य जानकारी गराउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता शर्माले सोधेका छन्ः‘प्रधानमन्त्रीलाई केवल एक प्रश्न, रेशमी पर्दा पछाडि लुकेकालाई सार्वजनिक गर्ने बेला भएन र ?’
उनले अगाडी भनेका छन्ः‘मदन भण्डारीको निधनबारे सत्यतथ्य अझै बाहिर नआउनु दुःखद,(केहीअघि सम्माननीय राष्ट्रपति विधादेवि भण्डारीले मोरङको इटहरामा भन्नुभयोः‘ मदन–आश्रितप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्रीलाई केवल एक प्रश्न‘रेशमी पर्दा पछाडि लुकेकालाई सार्वजनिक गर्ने बेला भएन र ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.