Breaking News.... EverestOnlineKhabar
June 28, 2026

एमाले र माओवादी केन्द्र एकता घोषणा अघि के–के हुँदैछ ? यस्तो छ कार्यतालिका….

Loading

नेकपा एमाले र माओवादी केन्द्रले विहीबार पार्टी एकताको घोषणा गर्ने गर्दैछन् । एकता घोषणा अघि आज विहान एमालेको पुरानो कार्यालय रहेको ठाउँ बल्खुमा एमालेले आयोजना गर्ने मदन आश्रीत स्मृति सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागि भएका छन् । एमाले माओवादी दुवै दलका कार्यकर्तालाई दुवै अध्यक्षले संबोधन गरेका छन् । त्यपछि एकता संयोजन समितिको बैठक बस्नेछ । उक्त बैठकले एकताको निर्णयलाई अनुमोदन गर्नेछ । त्यस लगत्तै दुवै दलका केन्द्रिय समितिको बेग्लाबेग्लै बैठक बस्नेछ । बैठकले पार्टी एकता गर्ने र आ– आफ्ना केन्द्रीय कमिटी भंग भएको एकै ब्यहोराको निर्णय गर्ने जनाइएको छ । पार्टी एकताबारेको जानकारी निर्वाचन आयोगलाई दिने तयारी छ । त्यस लगत्तै पत्रकार सम्मेलन गरि औपचारिक निर्णय जानकारी गराइने कार्यक्रम तय गरिएको छ ।
कस्तो बन्छ दुई पार्टी मिलेको नयाँ दल
–नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी ।
–नेतृत्व–केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले गर्ने ।
–ओली सरकारमा र प्रचण्ड पार्टीको संगठनमा बढी केन्द्रित हुने र पार्टीका निर्णयमा दुवै नेताको भूमिका बराबरी हुने समझदारी ।
–चुनाव चिन्ह सूर्य ।
–केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय (एमालेका २ सय ४१ र माओवादीका २ सय जना) स्थायी समिति ४३ सदस्यीय (एमालेका २५ र माओवादीका १८ जना)।
–महाधिवेशन २ वर्षभित्र गर्ने । सरकारको नेतृत्व फेर्नेबारे तत्काल केही उल्लेख नगर्ने ।
–मार्गदर्शक सिद्धान्त महाधिवेशनले टुंगो लगाउने, तत्काललाई माक्र्सबाद–लेनिनबादलाई मार्गदर्शक सिद्धान्त मानिने ।
–जनताको बहुदलीय जनवाद र माओवादलाई महाधिवेशन हुँदासम्म बहसमा लैजाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.