![]()
काठमाडौ । काठमाडौ विश्वविद्यालयले पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा सुरु गर्ने भएको छ। जिल्लाको आदर्श अंग्रेजी माध्यामिक विद्यालय र भवानी विद्यापीठ माविमा ‘अनलाइन मास्टर डिग्री कक्षा सेन्टर’ स्थापना गर्ने भएको हो।
काठमाडौं युनिभर्सिटीको ‘स्कूल अफ एजुकेसन’ले अनलाइन मास्टर डिग्री कार्यक्रममा आदर्श र भवानी विद्यापीठ विद्यालयलाई सेन्टर स्थापना गर्न सम्झौता गरेको हो। कार्यक्रम काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेसन संकायअन्तर्गत ‘लिडरसिप म्यानेजमेन्ट’ र ‘म्याथमेटिक्स इन एजुकेसन’ विषयको पढाइ आगामी शैक्षिक सत्रबाट सञ्चालन हुनेछन्।


