![]()
एजेन्सी । अमेरिकी टेलिभिजन एबिसीबाट प्रसारण भइरहेको प्रियंका चोपडा अभिनिय चर्चित ‘क्वान्टिको’ प्रसारण बन्द भएको छ । टेलिभिनले थुप्रै टीभी शो बन्द गर्ने निर्णय गरेपछि प्रियंकाको शो पनि बन्द भएको हो ।
टेलिभिजनले नयाँ कार्यक्रम गर्ने निर्णय लिएपछि टीभीका करिब आधा दर्जन टेलिभिजन कार्यक्रम बन्द भएका हुन । शो बन्द हुनेभएपछि प्रियंकासँग साथै काम गरिरहेका शोका कलाकार काल पेनले ट्वीटमा प्रियंकालाई सम्बोधन गर्दै फिल्म गरौं भनेर सोधेका छन् । जवाफमा प्रियंकाले ‘गरौं गरौं’ भनेर जवाफ फर्काएकी छन् ।
प्रियंकाको हातमा सो टेलिभिजन शोसँगै दुईवटा हलिउड फिल्ममा काम गरिरहेकी छन् । उनी ‘अ किड लाइक जेक’ तथा ‘इजन्ट् इट रोमान्टिक’मा हाल व्यस्त छिन् ।
प्रियंकाले यस वर्ष सलमान खानसँग एक हिन्दी फिल्ममा काम गर्दै्छिन् । उनी अलि अब्बास जफर निर्दे्शित ‘भारत’मा सलमान खानसँग देखिनेछिन् ।


