Breaking News.... EverestOnlineKhabar
June 26, 2026

इजरायल र सिरियाबीच द्वन्द्व चर्कियो, एक अर्काको सैन्य अखडामा हमला

Loading

बीबीसी । इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा हमला गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको हो । इजरायली सैन्य अखडामा इरानले २० वटा रकेट प्रहार गरेको छ ।

सिरियाले भने राजधानी दमास्कस नजिकै इजरायलले आक्रमण गरेको आरोप लगाएको छ । सिरियाली सरकारी मिडियाका अनुसार इजरायली हवाई हमलामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सिरियाली सेनाले दुईवटा इजरायली क्षेप्यास्त्रलाई खसालेको दावीसमेत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि इरानले इजरायली सैन्य अखडा लक्षित हमला गरेको हो । इरानसँगको परमाणु सम्झौता तोड्ने अमेरिकी निर्णयलाई इजरायलले स्वागत गरेको छ ।

उता, इजरायलले पनि सिरियास्थित इरानी सैन्य अखडामा हमला गरेको छ । इरानले गरेको हवाई हमलाको जवाफी कारवाहीस्वरुप इजरायलले पनि इरानी सैन्य अखडामा हमला गरेको हो ।

इजरायली रक्षा मन्त्रालयका अनुसार सिरियास्थित इरानी सेनाको हतियार भण्डार, क्षेप्यास्त्र प्रक्षेपण अखडा र अन्य सैन्य केन्द्रमा कारवाही गरिएको हो । सिरियाको हवाई रक्षा प्रणालीलाई पनि इजरायली सेनाले निशाना बनाएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.