![]()
एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सीटीले सर्वाधिक अंक जोड्ने कीर्तिमान राखेको छ । ब्राईटनलाई ३–१ ले हराउँदै लिग च्याम्पियन सिटीले प्रिमियर लिग फुटबलको एकै सिजनमा सर्वाधिक अंक जोड्ने कीर्तिमान बनाएको हो । सिजनमा एक खेल बाँकी छँदा म्यान सिटीले ९७ अंक पुर्याएको छ ।
यसअघि सर्वाधिक अंकको कीर्तिमान चेल्सीको नाममा थियो । जोजे मौरिन्हो प्रशिक्षक हुँदा चेल्सीले २००४/०५ को सिजनमा जोडेको ९५ अंक प्रिमियर लिगको सर्वाधिक अंक थियो ।सीटीले एकै सिजनमा सर्वाधिक १०४ गोल गर्ने कीर्तिमानसमेत राखेको छ ।


