Breaking News.... EverestOnlineKhabar
June 26, 2026

कोलकतामाथि मुम्बईको १०२ रनको जित, मुम्बई पुग्यो अंक तालिकाको चौथो स्थानमा

Loading

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले  कोलकाता नाइट राइडर्सलाई १०२ रनले हराएको छ। कोलकतास्थित इडेन गार्डेन्स मैदानमा मुम्बईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोली १८ ओभर १ बलमा अलआउट हुँदै १०८ रनमा समेटियो । कोलकताका क्रिस ल्यान र नितिश रानाले समान २१ – २१ रन जोडेपनि टोलीलाई जिततर्फ लैजान सकेनन् । त्यस्तै टम कुरनले १८, रविन उथप्पाले १४ तथा पियुस चावलाले ११ रन बनाए । कोलकातालाई सस्तैमा समेट्न मुम्बईका कुर्नाल पाण्डया र हार्दिक पाण्डयाले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २१० रन जोडेको थियो । मुम्बईका लागि इशान किसनले ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै सुर्य कुमार यादव र कप्तान रोहित शर्माले समान ३६ – ३६ रन जोड्दा बेन कटिङले २४ रनको योगदान दिए । कोलकाताका पियुस चावलाले ३ विकेट लिए ।

यो जितसँगै मुम्बई लिगको चौथो स्थानमा उक्लिएको छ । सुरुवातमा लय गुमाएको मुम्बई जारी सिजन पहिलोपटक शीर्ष चारमा पुगेको हो । मुम्बईले ११ खेलबाट ५ जितसहित १० अंक जोडेको छ । जितपछि मुम्बईले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।
पराजित कोलकाता लिगको पाँचौ स्थानमा झरेको छ । कोलकाताले ११ खेलबाट १० अंक नै जोडेको छ ।  कोलकाताको पनि प्ले सम्भावना कायम रहेको छ ।

आईपीएलको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादले १० खेलबाट १६ अंक जोडेको छ । यस्तै दोस्रो स्थानको चेन्नई सुपर किंग्सको १४ अंक रहेको छ । १२ अंक जोडेको किंग्स इलाभेन पन्जाब तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.