Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बार्सिलोनाको अपराजित यात्रा जारी, भिल्ला रियल ५ – १ गोलले पराजित

Loading

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले  भिल्ला रियललाई ५ – १ गोलले पराजित गर्दै बार्सिलोनाले अपराजित यात्रा कायम राखेको छ । घरेलु मैदानमा बार्सिलोनालाई सहज जित दिलाउन ओसुमाने डेम्बेलेले दुई गोल गरे । त्यस्तै फिलिप कौटिन्हो, पाउलिन्हो र लियोनल मेस्सीले समान एक एक गोल गरे । भिल्ला रियलका निकोला सान्सोनेले एक गोल फर्काए ।

नाउ क्याम्पमा पहिलो हाफको ११ औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १६ औं मिनेटमा पाउलिन्होले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । खेलको ४५ औं मिनेटमा मेस्सीले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३ – ० को अग्रता बनायो ।

दोस्रो हाफमा खेलमा फर्कने कोशिस गरेको भिल्ला रियलले ५४ औं मिनेटमा एक गोल फर्कायो । तर, भिल्लाको लागि सान्सोनेले गरेको गोल सान्त्वना गोलमा परिणत भयो । खेलको ८७ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४ – १ को अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै ९० औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५ – १ को जित दिलाए ।

यो जितसँगै ३६ खेलसम्म अपराजित रहेको बार्सिलोनाले ९० अंक जोडेको छ । छैटौं स्थानको भिल्ला रियलले ५७ अंक जोडेको छ । पाँच खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले ३६ खेलमा २७ खेलमा जित निकाल्दा ९ खेल बराबरी गरेको छ ।

बार्सिलोना ला लिगामा एकै सिजन भरी अपराजितको किर्तिमान नजिक छ । अब लिगको बाँकी दुई खेलमा हार नबेहोरेमा बार्सिलोनाले पुरै सिजन अपराजित रहदै नयाँ किर्तिमान बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.