Breaking News.... EverestOnlineKhabar
June 26, 2026

स्पेनिस ला लिगाःरियल मड्रिड पराजित

Loading

एजेन्सी,बैशाख ।
स्पेनिस ला लिगा फुटबलमा तेस्रो स्थानको रियल मड्रिड पराजित भएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिड सेभियासँग ३ – २ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा सेभियालाई जित दिलाउन विस्सम बेन यड्डर र मिगुएल लेनले समान एक एक गोल गरे । सेभियाले एक गोल आत्मघाती उपहार पाएको थियो । रियलका कप्तान सर्जियो रामोसले एक आत्मघाती गोलको उपहार दिएका थिए । रियलको हारमा खलनायक बनेका कप्तान रामोसले एक गोल फर्काए पनि एक पेनाल्टीमा गोल गर्न सकेनन् । यस्तै रियलका लागि थप एक गोल बोर्जा मोयोरलले गरेका थिए ।
रियलविरुद्ध सेभियाले खेलको २६ औं मिनेटमा यड्डरको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ४५ औं मिनेटमा मिगुएलले गोल गर्दै सेभियालाई २ – ० को अग्रता दिलाए । पहिलो हाफमा २ – ० ले पछि परेको रियलले खेलको ५८ औं मिनेटमा पेनाल्टी प्राप्त गर्यो । तर, कप्तान रामोसले उक्त पेनाल्टीमा गोल गर्न सकेनन् ।
पेनाल्टीमा गोल गर्न नसकेका रामोसले खेलको ८४ औं मिनेटमा आत्मघाती गोल गरे । रामोसको आत्मघाती गोलसंगै सेभियाले अन्तिम ६ मिनेट बाँकी रहदा ३ – ० को अग्रता बनायो । खेलको ८७ औं मिनेटमा रियलका मोयोरलले गोल गर्दै खेल ३ – १ मा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कप्तान रामोसले पेनाल्टीमा गोल गरेपनि रियल सेभियासँग ३ – २ ले पराजित हुनपुग्यो ।
यो हारसँगै तेस्रो स्थानको रियलले ३६ खेलबाट ७२ अंक जोडेको छ । रियल दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ३ तथा शीर्ष स्थानको बार्सिलोनाभन्दा १८ अंकले पछि छ । लिगमा एथ्लेटिकोको ७५ अंक रहदा च्याम्पियन बार्सिलोनाको ९० अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.