Breaking News.... EverestOnlineKhabar
June 26, 2026

लगातार चौथो पटक कोप्पा इटालीयाको उपाधि युभेन्टसलाई

Loading

एजेन्सी,बैशाख ।
युभेन्टसले लगातार चौथो पटक कोप्पा इटालीया फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ४ – ० ले हराउदै युभेन्टसले लगातार चौथो सिजन उपाधि जितेको हो । ओलम्पिक स्टेडियममा भएको फाइनलमा युभेन्टसलाई जित दिलाउन मेधी बेनाटियाले दुई गोल गरे । यस्तै डुग्लास कोष्टाले एक गोल गर्दा युभेन्टसले एक गोल आत्मघाती उपहार पाएको थियो । एसी मिलानका निकोला कालिनिकले आत्मघाती गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको फाइनलमा युभेन्टसलाई जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा बेनाटियाले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । खेलको ६१ औं मिनेटमा कोष्टाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा एकतर्फी खेल खेलेको युभेन्टसले ६४ औं मिनेटमा बेनाटियाको व्यक्तिगत दोस्रो गोलबाट ३ – ० को अग्रता बनायो । त्यसपछि खेलको ७६ औं मिनेटमा एसी मिलानका कालिनिकले आत्मघाती गोल गर्दा युभेन्टसले ४ – ० को फराकिलो जित निकाल्दै उपाधि आफ्नो बनायो ।
कोप्पा इटालीयामा लगातार चार सिजनको उपाधि जित्ने युभेन्टस एक्लो टोली हो । युभेन्टसले हालसम्म १३ औं पटक कोप्पा इटालीयाको उपाधि जितिसकेको छ । र, युभेन्टस सर्वाधिक पटक कोप्पा इटालीया जित्ने एक्लो क्लब समेत हो ।
युभेन्टस यो सिजन इटालियन सिरी ए फुटबलको उपाधि नजिक पनि रहेका छन् । युभेन्टसलाई उपाधि जित मात्र १ अंकको आवश्यकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.