Breaking News.... EverestOnlineKhabar
August 31, 2026

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ पारित, सांसद प्रेम सुवाल विधेयकको विपक्षमा

Loading

काठमाडौं ।संसदले  राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५  स्वीकृत गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई स्वीकृति दिन गरेको प्रस्तावलाई बुधबारको बैठकमा बहुमत सदस्यले स्वीकृति दिएका हुन् ।

विधेयकको विपक्षमा सांसद प्रेम सुवालले मत दिएका थिए । उनले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङ क्याम्पस खोल्न नपाइने लगायतको व्यवस्था हटाउनुपर्ने माग राखेका थिए ।

शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा र स्वास्थ्य शिक्षामा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्न ऐन आवश्यक रहेको बताएका थिए । उनले मेडिकल शिक्षालाई कुनै जिल्ला, प्रदेश र क्षेत्रमा सीमित नगरी आवश्यकता र औचित्यका आधारमा सबै जिल्ला, प्रदेश र क्षेत्रमा स्थापना गर्ने गरी अध्यादेश व्यवस्था गरिएको बताए ।

चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने माग राख्दै डा. गोविन्द केसी पटक पटक अनशन बस्दै आएका थिए । उनको माग पूरा गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.