Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एक ‘ट्वीट’ ले फाटेको दिल पुनः जोडदै प्रचण्ड र ओली, ट्वीटको बिषयमा ओली रक्षात्मक

Loading

काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिग्रदै गएको सम्बन्धलाई सुधार्न प्रयासरत देखिएका छन । प्रधानमन्त्री केपी ओलीको ट्वीटर अकाउण्टबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै व्यङग्यात्मक ट्वीट भएपछि बिच्किएका दाहालले बुधवार प्रधानमन्त्री ओलीलाई भेटी यो बिषयमा खुलस्त पार्न आग्रह गरेका थिए ।

ओलीको ट्वीटले मंगलबार दिनभर माओवादी बृतमा हलचल मच्चिएको थियो । माओवादी संसदीय दलको बैठकमा समेत यो बिषयले चर्चा पायो । ओलीले समीकरण बदल्न बानी परेकाहरुका लागि समृद्धि अरुचीको बिषय हुनसक्ने भन्दै ट्वीट गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच पौने ३ घण्टासम्म पार्टी एकता लगायतका विषयमा छलफलहुँदा ओलीको ट्वीटका सन्दर्भमा बिशेष छलफल भएको थियो ।

तपाईले गर्नुभएको त्यो ट्विट कोप्रति लक्षित थियो भन्ने प्रचण्डको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘मैले अर्कै थोक सोचेको थिएँ, तर त्यस्तो भाषामा ट्विट गर्दिएछन’ भन्ने जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.