![]()
एजेन्सी । चर्चित भारतीय अभिनेत्री सोनम कपुर मंगलबारबाट बिवाह बन्धनमा बाँधिएकी छिन । ब्यापारी आनन्द अहुजासंगको लामो प्रेम सम्बन्धलाई उनले मंगलबार विवाहमा रुपान्तरण गरेकी हुन ।
मुम्बईस्थित आफनी काखी कविता सिंहको रकडाले नामक बंगलामा उनीहरुको विवाह भएको हो । शिख परम्परा अनुसार विवाह सम्पन्न भएको भारतीय संचार माध्यमले जनाएका छन ।
सोनमको विवाहमा चर्चित भारतीय हस्तीहरुको घुँइचो लागेको थियो । विवाह अघिको मेहन्दी र नृत्य कार्यक्रममा पनि कलाकारहरु सहभागी थिए ।
सोनमका पीता भेट्रान भारतीय अभिनेता अनिल कपुरले पाहुनाहरुका लागि मुम्बईस्थित लीला होटलमा रिसेप्सन आयोजना गरेका छन । सबै पाहुना आधुनिक पश्चिमी पोशामा उपस्थित हुनेछन ।
विवाहका केही दृश्यहरु :



