![]()
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले दस वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित श्वेतपत्र जारी गरेको छ । श्वेतपत्र जारी गर्दै ऊर्जामन्त्री वर्षमान पुनले तीन वर्षभित्र ३ हजार मेगावाट, ५ वर्षभित्र ५ हजार मेगावाट र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तोकिएको जानकारी दिए ।
आगामी १० वर्षमा नेपाललाई मात्रै १० हजार विद्युत् आवश्यक पर्ने अनुमान मन्त्रालयको छ । श्वेतपत्रमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना २०७५/७६ भित्र सक्ने लक्ष्य लिइएको छ । मन्त्रालयले हरेक प्रदेशमा एक ठूलो जलविद्युत् वा सौर्य आयोजना बनाउने योजना पनि सारेको छ ।
श्वेतपत्रको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।


