Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदैँ एपीएफ क्लबले चौथौ राष्ट्रिय केएनपी महिला भलिबल प्रतियोगिताको बिजेता बनेको छ।

विभागीय भिडन्तमा पुलिसलाई ३—० को सेटमा हराउँदै एपीएफले उपाधी जितेको हो। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा पुलिसलाई २५—१९, २५—१९, र २५ —१७ को सेटमा एपीएफले हराएको हो।

एफिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले खेलाडीले सन्तुलित खेलेका  र ब्लक गरेकाले उपाधी जित्न सकेको बताए। त्यस्तै दोस्रो स्थानमा चित्त बुझाएका पुलिसका प्रशिक्षक रुपेश विष्टले आफ्नो खेलाडीले सन्तुलित खेल खेल्न नसकेकाले उपविजेतामा चित्त बुझाउनुपरेको प्रतिक्रिया दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.