Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सुत्केरी गराउन अस्पताल गएकी महिलाको मृत्यु

Loading

तेह्रथुम, बैशाख ।
तेह्रथुम जिल्ला अस्पतालमा प्रसुति हुन नसेकेर एक महिलाको ज्यान गएको छ । प्रसुति गराउन तीन दिन अघि अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षकी रत्नमाया मगरको ज्यान गएको हो । रत्नमायाको सोमबार बेलुका ज्यान गएको हो । अस्पतालको डेलिभरी कक्षमा राखिएकी मगरको चिकित्सकको लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

परिवार र अधिकारकर्मीले अस्पतालको लापरवाहीले बच्चा र आमाको ज्यान गएको भन्दै विरोध गरेका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ । अस्पतालमा प्रहरी परिचालन गरिएको छ । अस्पतालले रत्नमायाको ज्यान जानुको कारण खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed