![]()
एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्ग्युसनलाई ब्रेन ह्यामरेज भएको छ । ब्रेन ह्यामरेज भएपछि फर्ग्युसनको आकश्मिक शल्यक्रिया गरिएको छ ।
म्यानचेस्टर युनाइटेडले शल्यक्रिया सफल भएको तर फर्ग्युसनलाई अझै केही समय सघन उपचारको खाँचो रहेको एक व्यक्तव्य जारी गरेर जनाएको छ ।
२६ वर्षसम्म क्लबको प्रशिक्षकको रुपमा रहेका ७६ वर्षे फर्ग्युसनले सन् २०१३ को मे मा सन्यास लिएका थिए । सन् १९८६ देखि २०१३ को बिचमा फर्ग्युसनले युनाइटेडबाट ३८ उपाधि जिते ।
फर्ग्युसन गएको आइतबार वल्ड ट्राफोर्डमा आएका थिए । त्यहाँ उनले आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरका साथमा कमोमोरेटिभ ट्रफी प्रस्तुत गरेका थिए ।
फर्ग्युसन अहिले साल्फोर्ड रोयल अस्पतालमा छन् । उनको परिवारले गोपनियताका लागि आग्रह गरेका छन् । बेलायती फुटबलमा फर्ग्युसन सबै भन्दा सफल प्रशिक्षक हुन् ।
उनले युनाइडेटका लागि १३ पटक प्रिमियर लिगको उपाधि जितेका छन् । यस्तै दुई पटक च्याम्पियन्स लिगको उपाधि पनि उचालेका छन् ।


