![]()
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम पराजित भएको छ । टोटनह्याम रेलिगेसन जोनको वेष्ट ब्रुमसँग १ – ० ले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा वेष्ट ब्रुमलाई जित दिलाउन जाके लिभरमोरेले निर्णायक गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरमोरेले घरेलु टोलीलाई जित दिलाए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा टोटनह्यामले आधा दर्जन बढी गोलको अवसर फालेको थियो ।
टोटनह्यामलाई हराएसँगै वेष्ट ब्रुमले प्रिमियर लिगमा रेलिगेसनबाट जोगिने सम्भावना कायम राखेको छ । लिगमा ३१ अंक जोडेको वेष्ट ब्रुमको पुछारबाट दोस्रो स्थानमा रहेको छ । यता, टोटनह्यामले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको टोटनह्यामको ३१ अंक रहेको छ ।


