Breaking News.... EverestOnlineKhabar
June 28, 2026

हड्ताल नगर्ने लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेर रिहा भए पक्राउ परेका यातायात व्यवसायी….

Loading

विराटनगर,बैशाख ।
यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन्। सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघ आबद्ध तीन व्यवसायीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो। पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाईँ र टीका भट्टराई तथा कोशी बस व्यवसायी संघका नारायण अधिकारीलाई पक्राउ गरिएको थियो।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले व्यवसायलाई कम्पनीका रुपमा दर्ता गर्ने र सवारी सञ्चालनमा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुलाई रिहा गरिएको बताए। मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले अप्सरा यातायातले कम्पनीमा दर्ता हुने र सवारी साधन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।
विभिन्न यातायात समितिले हिजोदेखि बन्द गरेको सार्वजनिक यातायात शनिबारदेखि सञ्चालनमा आएका छन्।विराटनगरबाट छोटो तथा लामो दूरीको बस तथा रात्रिबस सञ्चालनमा आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.