![]()
इटहरी । यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातांै राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ। नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा प्रतियोगिता गरिने भएको छ।
सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवद्र्धनमा सक्रिय इटहरी ब्याडमिन्टन क्लब, सुनसरी ब्याडमिन्टन एकेडेमी सगरमाथा ब्याडमिन्टन क्ल्ब र रक्तमाला ब्याडमिन्टन क्लब समेतको सहप्रायोजन रहने उक्त प्रतियोगितामा ४ सय बढी खेलाडीले ५ सय चार वटा इभेन्ट्समा सहभागिता जनाउने कुरा बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
प्रतियोगितामा सहभागी खेलाडीले मेन सिंगल, मेन डबल, विभेन सिंगल, विमेन डबल अण्डर १९ ब्वाइज सिंगल अण्डर १९ गल्स सिंगल र भेट्रान्स डबल इभेन्ट्सका खेल हुने प्रतियोगिता आयोजक केन्द्रीय संयोजक सुरेश कार्कीले जानकारी दिए। प्रतियोगिताका विजेताका लागि नगद ट्रफ्री एवं अन्य पुरस्कारका लागि रु तीन लाख ६५ हजार विनियोजन गरी सोही अनुरुप पुरस्कारको व्यवस्था मिलाइएको छ।


