Breaking News.... EverestOnlineKhabar
August 15, 2026

वैशाख २४ गतेदेखि २९ गतेसम्म नेपाल आईस आन फुटसल प्रतियोगिता हुने

Loading

काठमाडौं । वैशाख २४ गतेदेखि २९ गतेसम्म नेपाल आईस आन फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

 सानेपास्थित फिल्ड फुटसलमा हुने  प्रतियोगितामा ३२ टिमको सहभागिता रहने  छ ।

प्रतियोगितामा कान्तिपुर, इमेज, हिमालय, एभेन्युज, जनता, न्युज ट्वान्टिफोर, एबीसी र नेपाल टिभीले भाग लिँदैछन् । त्यस्तै, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, अन्नपूर्ण पोष्ट, मार्स, वेलकम, भिचित्र, एएनएस, भेग, अभानी, प्रिज्मार्क, मिडिया बास्केट, कारोबार, एडिरिलिज, मिडिया हब रहेका छन् । त्यस्तै, आउट रिच नेपाल, एडिफ्याक्टर, किएडभ रटाईजिङ, फ्युचर हब, प्रिज्मा, डिएल फिल्म, नेट टिभी, क्युएफएक्स र नेपाल मेडिसिटीले प्रतियोगितामा भाग लिँदै छन् ।

प्रतियोगिताको विजेताले ७५ हजार नगदसहित ट्रफि हात पार्नेछ । त्यस्तै, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार नगदसहित ट्रफि हात पार्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed