Breaking News.... EverestOnlineKhabar
August 15, 2026

श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने : माधव नेपाल

Loading

काठमाडौं ।  नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन्।

विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई बिहिवार सम्बोधन गदै नेता नेपालले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताए। ट्रेड युनियनका अधिकार सुनिश्चित नभएसम्म श्रमिक सधैँ थिचोमिचोमा परिरहने उनले उल्लेख गरे। नेता नेपालले समाज परिवर्तन गर्न श्रमिकले नै अभियान चलाउनुपर्नेमा जोड दिए।

संसद्मा नेपाली महिलाको प्रतिनिधित्व भए पनि अझै ग्रामीण भेगका महिलाको पहुँच पुग्न नसकेको नेता नेपालले उल्लेख गरे। कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मज्वाइण्डाइल माइकलले संसारका श्रमिकमाथि साम्राज्यवाद र पुँजीवादबाट हस्तक्षेप भइरहेकोले त्यसको विरुद्ध लड्न आवश्यक रहेको बताए। सेमिनारले नेपालका श्रमिकको हक अधिकार स्थापित गराउन सहयोग मिल्ने विचार उनले व्यक्त गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed