Breaking News.... EverestOnlineKhabar
August 31, 2026

गोदावरी नगरपालिकाकी उपमेयर मुनाले आफनै श्रीमानलाई थुन्न पठाइन

Loading

ललितपुर ।ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीलाई श्रीमानले कुटपिट गरेका छन्। मंगलबार राति श्रीमानले कुटपिट गरेपछि अधिकारीले प्रहरीको आपतकालीन् नम्बर १०० मा फोन गरेकी थिइन्।  फोन आएपछि प्रहरी उनीहरू ठेगाना खोज्दै टौखेल पुगेको थियो।

सातदोबाटो प्रहरी वृत्तको टोलीले कुटपिट गर्ने श्रीमान् ध्रुव कुँवरलाई राति नै पक्रियो। उनलाई रातभरि वृत्तमा राखिएको प्रहरीले जनाएको छ।

बुधबार बिहान उपमेयर अधिकारी प्रहरी वृतमा गएर न्यायका लागि उपल्लो निकायमा जाने भनेपछि उनलाई महानगरीय प्रहरी परिसर जाउलाखेलमा राखिएको छ। अधिकारीले परिसरको महिला तथा बालबालिका सेवा केन्द्रमा श्रीमानविरुद्ध उजुरी दिएकी छन्।

केन्द्रले यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.