Breaking News.... EverestOnlineKhabar
August 31, 2026

सिरियाको उत्तरी हासाकह शहरमा अमेरिकी गठवन्धन सेनाको भीषण हवाइ आक्रमण, २५ सर्वसाधारणको ज्यानगयो

Loading

बीबीसी । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा गरेको हवाइ आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको ज्यान गएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

सिरियाली अरब रेड क्रिसेन्टकी हासाकाहस्थित प्रतिनिधिलाई उद्धृतगर्दै सानाले हासाकाहको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको थियो ।

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ । सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो । अमेरिकी सेनाको नेतृत्वमा अरु केही देशका सेनाल यहाँ कारबाही गर्ने गरेका छन् ।

अमेरिकी नेतृत्वमा पछिल्लो समयमा पनि केही युरोपेली देशहरुसमेतले संयुक्त कारबाही गरेका थिए । सो कारबाहीपछि ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौ पछि धकेलिएको बताइएको छ । अमेरिकाले सिरियामा रासायनिक हतियारको प्रयोग भएको पाइएमा कुनै पनि बेला फेरी हमला गरिने स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.