![]()
काठमाडौं । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी पनि पक्राउ परेका छन् । बयानका लागि विराटनगर पुगेका लोहनीको बयान चिक्त बुझ्दो नभएपछि उनलाई पक्राउ गरिएको हो ।
सुन प्रकरणमै सनम शाक्यको हत्या भइसकेको छ । त्यो घटनामा आफ्नो कार्यक्षेत्र मिचेर अपराध महाशाखका एसएसपी लोहनीले टोली विराटनगर पठाएका थिए । ३३ किलो सुन गोरे भनिने चूडामणि उप्रेतीको भएको अनुसन्धान समितिले निष्कर्ष निकाल्दै उनीविरुद्ध रेडकर्नर जारी गरिसकेको छ ।
यसअघि अपराध महाशाखाकै डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनालसहित पक्राउ पर्ने लोहनी सातौं प्रहरी अधिकारी हुन् ।
लोहनीमाथि अनुसन्धानका लागि म्यादसमेत लिइसकिएको छ ।


