Breaking News.... EverestOnlineKhabar
August 31, 2026

Loading

काठमाडौं । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा  एसएसपी दिवेश लोहनी पनि पक्राउ परेका छन् । बयानका लागि  विराटनगर पुगेका लोहनीको बयान चिक्त बुझ्दो नभएपछि उनलाई पक्राउ गरिएको हो ।

सुन प्रकरणमै सनम शाक्यको हत्या भइसकेको छ । त्यो घटनामा आफ्नो कार्यक्षेत्र मिचेर अपराध महाशाखका एसएसपी लोहनीले टोली विराटनगर पठाएका थिए । ३३ किलो सुन गोरे भनिने चूडामणि उप्रेतीको भएको अनुसन्धान समितिले निष्कर्ष निकाल्दै उनीविरुद्ध रेडकर्नर जारी  गरिसकेको छ ।

यसअघि अपराध महाशाखाकै डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनालसहित पक्राउ पर्ने लोहनी सातौं प्रहरी अधिकारी हुन् ।

 लोहनीमाथि अनुसन्धानका लागि म्यादसमेत लिइसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.