Breaking News.... EverestOnlineKhabar
August 31, 2026

केन्द्रीय कार्यालय बैठकमा प्रचण्डको ब्रिफिङ : ‘जिम्मेवारी भूमिकामा रहेका सबै नेताको व्यवस्थापन हु्न्छ ’

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसंग समान हैसियतमा पार्टी एकता गर्ने सहमति भैसकेको ब्रिफिङ पार्टी केन्द्रीय कार्यालय बैठकमा गरेका छन । पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले ६०–४० को भागवण्डाको आधारमा नभई समान हैसियतमा पार्टी एकताको समझदारी भैसकेको बताएका हुन ।

एमालेले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै दाहालले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुटने आश्वासन दिएका थिए ।

बिहीबार एमाले अध्यक्ष केपी ओलीसँग मिल्न बाँकी विषयमा छलफल गरेर केहि दिनभित्रै एकता गर्ने तयारी भइरहेको समेत उनले बताएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.