![]()
काठमाडौं । न्यूरोड टीम (एनआरटी) क्लबका वरिष्ठ उपाध्यक्ष विनय सिंह प्रधानको निधन भएको छ। पूर्व क्रिकेट खेलाडीसमेत रहेका प्रधानको ब्रेन ह्यामरेजका कारण निधन भएको हो।
त्रिपुरेश्वरबाट सितापाइला घर हिँडेका प्रधानले चलाएको स्कुटर कालीमाटी नजिकै अनियन्त्रित भई पल्टिएको थियो। त्यसपछि घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याउँदा मृत्यु भएको हो।
प्रधानको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि त्रिपुरेश्वरस्थित एनआरटी परिसरमा केही बेर राखेर पशुपतिमा अन्त्येष्टि गरिएको हो। एनआरटीको काठमाडौं खेल मण्डलबाट लामो समय क्रिकेट खेलेका प्रधान काठमाडौं जिल्ला क्रिकेट संघका उपाध्यक्ष हुन् । उनी सफ्ट टेनिसका पूर्व महासचिव पनि हुन् । उनकी श्रीमती र दुई छोरी छन् ।


