Breaking News.... EverestOnlineKhabar
August 11, 2026

लिभरपुलका मोहम्मद सलाहलाई ‘राइटर्स फुटबलर अफ दि इयर’ को अवार्ड

Loading

एजेन्सी । लिभरपुलका खेलाडी मोहम्मद सलाहले यसवर्षको राइटर्स फुटबलर अफ दि इयरको अवार्ड जितेका छन् ।  फुटबल राइटर्स एसोसिएसनले दिने वर्षको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार २५ वर्षीय सलाहले पाएका हुन् ।

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर केभिन डे ब्रायन दोस्रो स्थानमा र टोटनह्यामका स्ट्राइकर ह्यारी केन तेस्रो स्थानमा रहे । सलाह इंगलिस प्रिमियर लिगको ३४ खेलमा लागि ३१ गोल गर्दै गोल्डेन बुटको दाबेदार बनेका छन् । उनलाई यसअघि गत अप्रिलमा प्रोफेसनल फुटबलर्स एसोसिएसनले पनि उत्कृष्ट खेलाडीको सम्मान दिएको थियो ।

सलाहले लिभरपुल आएपछि ४३ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रोमाविरुद्ध २ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed