Breaking News.... EverestOnlineKhabar
October 2, 2026

शरणार्थीहरूलाई स्वदेश फकर्ने व्यवस्था गर्न सूकीलाई सुरक्षा परिषद्को दवाव

Loading

म्यानमार। म्यानमारकी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।म्यानमारको रखाइनमा हिंसा सुरु भएपछि उनलाई भेट्ने कुटनीतिज्ञहरूमध्ये यो सबैभन्दा उच्च तहको भेटवार्ता हो।

म्यानमारको रखाइनमा मुस्लिम धर्म मान्ने रोहिङ्ज्या समुदाय र बहुसङ्ख्यक वुद्धमार्गी समुदायबीच भएका विवादमा सरकारी सेनाले गरेको कारबाहीका क्रममा दर्दनाक हिंसाका घटना भएका छन्।

 सूकीको अध्यक्षतामा बसेको बैठकमा १५ जना राष्ट्रसंघीय प्रतिनिधिहरू सहभागी भएका थिए।उनीहरूले म्यानमारबाट विस्थापित भएर शरणार्थी जीवन बिताइरहेकाहरूलाई सुरक्षित तरिकाले स्वदेश फकर्ने व्यवस्था गर्न सूकीलाई दवाव दिएका थिए।उनीहरूको टोलीले हेलिकोप्टर मार्फत् मंगलबार हिंसा प्रभावित उत्तरी राखिने राज्यको अवलोकन पनि गरेका छन्।

पछिल्लो एक तथ्यांक अनुसार झण्डै सात लाख रोहिङ्ज्या समुदायका व्यक्तिहरु विस्थापित भएर छिमेकी मुलुक बङ्लादेशमा शरणार्थी भएका छन्।राष्ट्रसंघीय अधिकारीहरूले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिङज्या शरणार्थीहरूका लागि कम्तिमा पनि २५ करोड डलर सहायता चाहिएको बताए।

उनीहरूले बंगलादेशमा रहेका रोहिङज्याहरूको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै लागि सो रकम चाहिएको बताएका हुन्।रोहिङज्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउने प्रयोजनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले शनिबारदेखि म्यानमार र बङ्गलादेशको भ्रमण सुरु गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed