Breaking News.... EverestOnlineKhabar
August 11, 2026

ओली लम्पसारवादी भएर पनि तानाशाह हुन खोज्दैछन : देउवा

Loading

कैलाली । पूर्व प्रधानमन्त्री एवम नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लम्पसारवाद भईसकेको बताउनु भएको छ ।

धनगढी विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै देउवाले भन्नुभयो, ‘ओलीको खोक्रो राष्ट्रवाद प्रधानमन्त्री भएपछि लम्पसारवादमा परिणत भईसकेको छ। ’

सभापति देउवाले ओली सरकार तानाशाही ढंगबाट चलेको बताउँदै त्यसको आलोचना गर्नुभयो ।

‘ओली सरकार लोकतन्त्रलाई मासेर आयातित कम्युनिष्टवाद लाद्न खोज्दैछ।’ देउवाले भन्नुभयो ।
सभापति देउवाले एक दलीयतन्त्र आफूहरुलाई मान्य नहुने भन्दै सरकार नसच्चिए काग्रेस बाध्य भएर सडकमा उत्रने चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed