Breaking News.... EverestOnlineKhabar
June 4, 2026

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उपहार दिएको बिरूवा गायब

Loading

बीबीसी। फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उपहार दिएको बिरूवा अचानक गायब भएको छ। उत्तर-पूर्वी फ्रान्समा प्रथम विश्व युद्धको लडाइँ भएको एउटा स्थानबाट ल्याइएको त्यो बिरूवालाई गत साता ट्रम्प र माक्रोँ मिलेर ह्वाइट हाउस प्राङ्गणमा रोपेका थिए।

माक्रोँले त्यो बिरुवा “दुई देशबीचको सम्बन्धको प्रतीक” हुने बताएका थिए। तर रोयटर्स समाचार संस्थाका एकजना फोटो पत्रकारले शनिवार त्यस क्षेत्रमा पहेँलो घाँस मात्र देखिएको एक तस्वीर खिचेका थिए। ह्वाइट हाउसको दक्षिणतिर त्यो स्थानमा दुई राष्ट्रपतिले बिरूवा रोपेका थिए।रूख रोपिएको स्थान

युरोपेली ‘सेसील ओक’ नामक खस्रु जातको त्यो बिरूवा सन् १९१८ मा युद्ध भएको फ्रान्सको बेलो वुडबाट ल्याइएको थियो। त्यहाँको लडाइँमा करिब २,००० अमेरिकी सैनिकको ज्यान गएको थियो। तर त्यो लडाइँको सम्झनामा रोपिएको बिरूवा केही दिन नबित्दै हराएको छ।

बिरूवा हराउनुको कारणबारे अधिकारीहरूले केही भनेका छैनन्। एउटा फ्रान्सेली रेडियो नेटवर्क फ्रान्सइन्फोले त्यो बिरूवा शरद ऋतुमा उम्रने हुँदा त्यो पछि फेरि देखिन सक्ने अनुमान गरेको छ। हफिङटन पोस्टले एलिसी प्यालेसका एक अधिकारीलाई उद्धृत गर्दै अहिले त्यो बिरूवा अमेरिकी क्वारेन्टिनले जाँचबुझ गरिरहेको बताएको छ।

विदेशका बिरूवा अमेरिकामा रोप्नका लागि विशेष अनुमति लिनुपर्ने नियम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed